टेक्सस परियोजना
टेक्सेस (TECSES) फिनल्यान्ड र युरोपियन युनियनको सहयोगमा नेपालमा सञ्चालित शिक्षक शिक्षा परियोजना हो। हामी सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षक तालिम र समावेशी पहलमार्फत विद्यालय सुधारका क्षेत्रमा काम गर्छौं।
विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक सहयोग
टेक्सेस (TECSES) फिनल्यान्ड र युरोपियन युनियनको सहयोगमा नेपालमा सञ्चालित शिक्षक शिक्षा परियोजना हो। हामी सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षक तालिम र समावेशी पहलमार्फत विद्यालय सुधारका क्षेत्रमा काम गर्छौं।
हाम्रा मूल्यहरू
अनुसन्धान र विज्ञतामा आधारित विकास
टेक्सेसले नेपाल र फिनल्यान्डका शिक्षा तथा समावेशीकरण क्षेत्रका विज्ञहरूसँग सहकार्य गर्छ।
टेक्सेसले मानवअधिकारलाई केन्द्रमा राखेर काम गर्छ
टेक्सेसले आफ्ना सबै गतिविधिमा विकासका लागि मानवअधिकारमा आधारित पद्धति अपनाउँछ र परियोजनाअन्तर्गत गरिने योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन लगायतका सबै काम मानवअधिकारमा आधारित रहेर गरिन्छ।
दिगो सहकार्यको प्रवर्द्धन
टेक्सेसले अधिकारवाहकहरूसँग मिलेर काम गरी सहभागितामूलक ढङ्गले क्षमता र आवश्यकताहरूको मूल्याङ्कन, साझा लक्ष्य निर्धारण र नतिजाहरूका लागि मापदण्डहरू तय गर्छ।
टेक्सेसले परिकल्पना गरेका उपलब्धिहरू
टेक्सेसले नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह र विश्वविद्यालयहरूसँग सहकार्य गरी शिक्षक शिक्षामा सुधार गर्ने लक्ष्य राखेको छ। यस परियोजनाले शिक्षामा समता र समावेशीकरणको प्रवर्द्धनमा विशेष जोड दिन्छ।
टेक्सेसका उपलब्धिबारे थप जानकारी01
सहभागी विश्वविद्यालयहरूको नवीनतम र अत्याधुनिक पद्धतियुक्त सेवापूर्वको शिक्षक तयारी कार्यक्रम विकास गरी र कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि भएको हुनेछ।
02
शिक्षक तालिम नीति, शिक्षकको पेशागत विकासको गुणस्तर र समावेशी शिक्षाप्रतिको जवाफदेहितासम्बन्धी कार्यहरू प्रभावकारी रूपमा गर्न सङ्घीय स्तरमा रहेका शिक्षा निकायहरूको क्षमता अभिवृद्धि भएको हुनेछ।
03
सहभागी प्रदेश शिक्षा तालिम केन्द्र र विद्यालयहरूको समावेशी र गुणस्तरीय शिक्षक तालिम/शिक्षा तथा शिक्षण प्रदान गर्ने क्षमता अभिवृद्धि भएको हुनेछ।
04
सहभागी प्रदेश शिक्षा तालिम केन्द्र र विद्यालयहरूको समावेशी र गुणस्तरीय शिक्षक तालिम/शिक्षा तथा शिक्षण प्रदान गर्ने क्षमता अभिवृद्धि भएको हुनेछ।
पछिल्ला समाचारहरू
TECSES is now in Madhesh and Sudurpaschim Provinces!
जनवरी 16, 2026
16 Days of Activism with TECSES
डिसेम्बर 10, 2025