क्षमता अभिवृद्धिको पहलकदमी: कर्णालीमा शिक्षक मूल्यांकन प्रणालीसम्बन्धी तालिम 

प्रकासित मिति: मे 23, 2025
Government officer from Karnali giving a speech at the training.

२०८२ साल जेठ १ गते, TECSES ले कर्णाली प्रदेशमा शिक्षकको कार्यसम्पादन मूल्यांकनसम्बन्धी तालिम आयोजना गर्‍यो। तालिममा सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय इकाइ (EDCU), स्थानीय शिक्षा इकाइ (LEU), र विद्यालय प्रमुखहरू सहभागी थिए।

तालिमका मुख्य उद्देश्यहरू: 

  • शिक्षक मूल्यांकन फाराम र अंक प्रणालीप्रति स्पष्ट बुझाइ दिनु 
  • प्रदेश, जिल्ला र स्थानीय तहका शिक्षा कार्यालयहरूबीच समन्वय सुदृढ गर्नु 
  • तालिममा प्रस्तुतीकरण, समूह छलफल, र अभ्यासात्मक कार्यहरू समावेश गरिएका थिए, जसले व्यवहारिक सीप विकास र सहकार्यलाई प्रोत्साहन गर्‍यो। 

तालिममा प्रस्तुतीकरण, समूह छलफल, र अभ्यासात्मक कार्यहरू समावेश गरिएका थिए, जसले व्यवहारिक सीप विकास र सहकार्यलाई प्रोत्साहन गर्‍यो। 

यो तालिम किन महत्वपूर्ण छ ?

शिक्षकको कार्यसम्पादन मूल्यांकन प्रणालीलाई सुदृढ गर्नु नेपालको शिक्षा प्रणालीमा गुणस्तर र जवाफदेहिता सुनिश्चित गर्ने महत्वपूर्ण पाटो हो।यस तालिममार्फत TECSES ले स्थानीय शिक्षा सरोकारवालासँग सहकार्य गर्दै मूल्यांकन प्रक्रियालाई अझ पारदर्शी, नियमित र प्रभावकारी बनाउन योगदान गरिरहेको छ। यसले शिक्षा क्षेत्रका विभिन्न तहहरूबीचको सहकार्य र समन्वयलाई पनि बलियो बनाउने अपेक्षा गरिएको छ। 

********* 

टेक्सेस (TECSES) फिनल्यान्ड र युरोपियन युनियनको सहयोगमा नेपालमा सञ्चालित शिक्षक शिक्षा परियोजना हो। हामी सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षक तालिम र समावेशी पहलमार्फत विद्यालय सुधारका क्षेत्रमा काम गर्छौं।  

यदि तपाईं TECSES का कार्यक्रम र गतिविधिबारे नियमित जानकारी पाउन चाहनुहुन्छ भने, कृपया हाम्रो  न्युजलेटर सदस्यता लिनुहोस्।

यस सामग्रीलाई सेयर गर्नुहोस्

magnifiercrosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram