सिइओको तर्फबाट शुभकामना: म:म, न्यानो स्वागत र सहकार्य

HY+ – हेलसिन्की विश्वविद्यालयको निरन्तर शिक्षा केन्द्रको सीईओको रूपमा, मेरो लागि यो पहिलो पटकको नेपाल भ्रमण साँच्चिकै खुसीको कुरा हो। यहाँ आउँदा मलाई सबैभन्दा बढी के कुराले प्रभाव पार्यो? नेपालीहरूको विविधता र मैले गएका हरेक ठाउँमा पाएको न्यानो आतिथ्य। र हो, म:म साँच्चिकै सबैले भनेजस्तै स्वादिष्ट रहेछन्!
HY+ मा, हामी दृढ शैक्षिक प्रणाली अनुसन्धान र तथ्यमा आधारित हुन्छन् भन्ने विश्वास गर्छौं। हेलसिन्की विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको र यसको शैक्षिक तथा अनुसन्धान समुदायसँग नजिक रहेर काम गर्ने भएकाले यो विश्वास हामीमा स्वाभाविक रूपमा आउँछ।
अनुसन्धानले हामीलाई शिक्षक र विद्यार्थीका लागि के कुराले साँच्चिकै काम गर्छ भन्ने बुझ्न मद्दत गर्छ – केवल सैद्धान्तिक रूपमा मात्र होइन, वास्तविक कक्षाकोठामा पनि। त्यसैले, TECSES ले अनुसन्धानमा आधारित विधिहरू अपनाउनु निकै महत्त्वपूर्ण छ।
तर, ज्ञान मात्र पर्याप्त हुँदैन। वास्तविक परिवर्तन तब हुन्छ जब मानिसहरू एकसाथ काम गर्छन्। त्यसैले, सहकार्य TECSES को मुटुमा छ। हामी नेपाली संस्थाहरू, शिक्षाविद्हरू, र हाम्रा फिनल्याण्ड तथा युरोपेली संघका साझेदारहरूसँग मिलेर समावेशी, दिगो र स्थानीय आवश्यकतामा आधारित शिक्षक शिक्षालाई सहयोग गर्न काम गरिरहेका छौं।
यो भ्रमणले मलाई नेपालमा सुन्ने, सिक्ने र अर्थपूर्ण सम्बन्धहरू निर्माण गर्ने महत्त्वपूर्ण अवसर दियो। म दृढतापूर्वक विश्वास गर्छु कि साझा बुझाइ नै दिगो प्रगतिको आधार हो।
काठमाडौँमा रहेको हाम्रो कार्यालयमा बलियो टिम भावना अनुभव गर्न पाउँदा र हाम्रो टोलीका उत्कृष्ट कर्मचारीहरूलाइ चिन्न पाउँदा पनि मलाई खुसी लाग्यो।
म चाँडै नै नेपाल भ्रमण गर्ने आशा राख्छु – पक्कै पनि म:मका लागि, तर त्यो भन्दा बढी यहाँका अद्भुत मानिसहरूका लागि। साथै, एक दिन ट्रेकिङमा गएर हिमालहरूलाई नजिकबाट अनुभव गर्ने मेरो सपना पनि छ।
किममो कार्पिजोकी
सीईओ, HY+ हेलसिन्की विश्वविद्यालय निरन्तर शिक्षा केन्द्र
TECSES लाई HY+ द्वारा कार्यान्वयन गरिएको हो, जुन हेलसिन्की विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको एक कम्पनी हो जसले निरन्तर शिक्षा र विकास सेवाहरू प्रदान गर्दछ। थप जानकारी लागि: HY+.
टेक्सेस (TECSES) फिनल्यान्ड र युरोपियन युनियनको सहयोगमा नेपालमा सञ्चालित शिक्षक शिक्षा परियोजना हो। हामी सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षक तालिम र समावेशी पहलमार्फत विद्यालय सुधारका क्षेत्रमा काम गर्छौं।

