स्थानीय स्तरको कार्य

टेक्सेसले लक्षित प्रदेशहरूका स्थानीय तह र विद्यालयहरूलाई शिक्षकहरूको पेशागत विकास र व्यवस्थापन लगायत प्रभावकारी शैक्षिक कार्यक्रमहरूको योजना बनाई कार्यान्वयन गर्न सहयोग गर्दै तिनको सुदृढ बनाउन काम गर्नेछ।

TECSES provincial offices collaborate with Local Education Units (LEUs) in selected rural municipalities and municipalities. This collaboration strengthens LEUs abilities to develop local school education plans, annual work plans, budgets, and annual reports. TECSES also provides expert support for teacher training and financial assistance for meetings and training sessions.

टेक्सेसले छनौट गरिएका पालिकाहरूमा शैक्षणिक स्रोत व्यक्तिको भर्ना र तालिममा सहयोग गर्छ। सुरुका तीन वर्षसम्म टेक्सेसले प्रदेश सरकार र पालिकासँगको समझदारीपत्रअनुसार आंशिक आर्थिक सहायता उपलब्ध गराउनेछ। परियोजनाको पहिलो वर्षमा यो सहयोगको व्यावहारिकता मूल्याङ्कन गरिनेछ।

टेक्सेसले स्थानीय शिक्षा एकाइहरूलाई पालिका र विद्यालय दुवै तहमा अनुशिक्षण र शिक्षक सहायता प्रणालीहरू विकास गर्न पनि सहयोग गर्नेछ। यसमा निम्न कुराहरू रहनेछन्:

  • सूचीकृत प्रशिक्षित र विषय विज्ञ शिक्षकहरूका लागि अद्यावधिक तालिम,
  • ज्ञान र सीप आदानप्रदानका लागि शिक्षक वृत्त र पेशागत सञ्जालहरूको गठन,
  • लक्षित विद्यालयहरूमा शिक्षक सहायता प्रणाली र समावेशी शिक्षा अभ्यासहरूको परीक्षण र संस्थागतकरण।

टेक्सेसले शिक्षण अभ्यासमा सुधार, समावेशी विद्यालय वातावरण निर्माण र विद्यार्थीको सिकाइ अभिवृद्धि गर्न सुपरिवेक्षण, प्रशिक्षण र अनुशिक्षणका साधनहरू प्रदान गर्छ। परियोजनाले समावेशी र गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि विद्यालय व्यवस्थापन समिति र अभिभावक-शिक्षक सङ्गठन सदस्यहरूलाई पनि तालिम दिन्छ।

टेक्सेसका प्रदेश टोलीहरूले सफल शिक्षक सहायता प्रणालीहरूलाई अन्य विद्यालयहरूमा विस्तार र परियोजना क्षेत्रभन्दा बाहिर पनि समावेशी शिक्षालाई प्रवर्द्धन गर्न काम गर्नेछन्। परियोजनाले स्थानीय शिक्षा एकाइ र विद्यालयहरूलाई उपलब्ध स्रोतहरूको प्रयोग गरी शिक्षकहरूको सीपमा सुधार ल्याउन र विद्यार्थी केन्द्रित कक्षाकोठा निर्माण गर्न प्रोत्साहित गर्छ।

कर्णाली प्रदेशमा छनोट गरिएका पालिका र विद्यालयहरू

जिल्लापालिकाविद्यालय
दैलेखदुल्लुविजया माध्यमिक विद्यालय सरस्वती देवी माध्यमिक विद्यालय
डोल्पात्रिपुरासुन्दरीत्रिपुरकोट माध्यमिक विद्यालय जनप्रभा माध्यमिक विद्यालय
हुम्लाअदानचुली गाउँपालिकाकैलाशपुरी माध्यमिक विद्यालय, पल्सा सल्लाघारी माध्यमिक विद्यालय
जाजरकोटकुशे गाउँपालिकालक्ष्मी प्राप्ति माद्यमिक विद्यालय
भगवती माद्यमिक विद्यालय
जुम्लाकनकसुन्दरी गाउँपालिकाकनका सुन्दरी माध्यमिक विद्यालय पाण्डवगुफा माध्यमिक विद्यालय
कालिकोटतिलागुफा नगरपालिकाश्री महादेव माद्यमिक विद्यालय
श्री सत्यदेवी माद्यमिक विद्यालय, जुविथा
मुगुखत्याड गाउँपालिकाश्री लोकप्रिय माध्यमिक विद्यालय श्री महादेव मस्ता माध्यमिक विद्यालय
रुकुम पश्चिममुसिकोटत्रिपुरा माध्यमिक विद्यालय, छिङ रुकुम पश्चिम प्रभात माध्यमिक विद्यालय, दोपाई
सल्यानसारदाशिव जन माध्यमिक विद्यालय महेन्द्र रत्न माध्यमिक विद्यालय
सुर्खेतसिम्ता गाउँपालिकाबागेश्वरी माध्यमिक विद्यालय भानु माध्यमिक विद्यालय

यस सामग्रीलाई सेयर गर्नुहोस्

magnifiercrosschevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram