हाम्रो पछिल्लो अपडेट : कर्णालीमा स्थानीय सहभागिता र अन्तर्राष्ट्रिय सहकार्य

हालै, TECSES टोलीले कर्णाली प्रदेशका कालीकोट, जुम्ला र मुगु जिल्लामा फिल्ड भ्रमण गर्यो। यसै क्रममा फिनल्यान्डको दूतावासले पनि कर्णालीस्थित TECSES कार्यालयको भ्रमण गर्यो र शिक्षा विकास निर्देशनालय, मध्यपश्चिम विश्वविद्यालय, र शिक्षा तालिम केन्द्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्यो।
विद्यालय भ्रमण र स्थानीय अनुभव
टोलीले भ्रमणको क्रममा शिक्षक, विद्यालय कर्मचारी, र नगरपालिका प्रतिनिधिहरूसँग समूह छलफल र व्यक्तिगत अन्तर्वार्ता (FGD र KII) गरे। यी कुराकानीहरूले विशेष गरी मनसुनमा विद्यालयमा देखिने समस्याहरू बुझ्न सहयोग पुर्याएः
- मनसुनको समयमा धेरै बालबालिकाले कृषि कार्यमा परिवारलाई सहयोग गर्न विद्यालय छुटाउँछन्।
- विद्यालय छुट्दा उनीहरूको सिकाइमा असर पर्छ।
- शिक्षक र स्थानीय निकायहरू मनसुनमा पनि बालबालिका विद्यालयमा कसरी निरन्तर राख्न सकिन्छ भन्ने उपायहरू खोज्दै छन्।
TECSES ले प्रत्येक नगरपालिकामा दुई साझेदार विद्यालयहरूसँग सहकार्य गर्दै शिक्षकको क्षमता अभिवृद्धि र पठन-पाठन सुधारमा साथ दिइरहेको छ। यसले सबै विद्यार्थीहरूको आवश्यकता अनुसार सिकाइ नतिजा सुधार गर्न सहयोग पुर्याइरहेको छ।
हाम्रो स्थानीय कार्यको बारेमा यो लिङ्कमा गएर पढ्नुहोस् ।
फिनल्यान्ड दूतावासको भ्रमण
फिनल्यान्डको दूतावासले कर्णालीस्थित TECSES कार्यालयको भ्रमण गर्यो र शिक्षा विकास निर्देशनालय, मध्यपश्चिम विश्वविद्यालय, र शिक्षा तालिम केन्द्रलगायत प्रमुख सरोकारवालाहरूसँग भेटवार्ता गर्यो।
दूतावासको टोलीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी सँग पनि भेट गर्यो।यी बैठकहरू शिक्षा क्षेत्रमा हालको प्रगति साझा गर्न र प्रदेशस्तरमा सहकार्यलाई अगाडि बढाउने अवसर बने।
TECSES कार्यक्रम फिनल्यान्ड र युरोपियन युनियनको सहयोगमा सञ्चालन भइरहेको छ। दातृ निकायहरूको निरन्तर सहयोगले कार्यक्रमका उद्देश्य हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
फिनल्यान्डको नेपालको कर्णाली क्षेत्रमा लामो समयदेखि विकास सहकार्यको इतिहास छ। TECSES ले शिक्षक शिक्षाको सुधार र समावेशी शिक्षाको प्रवर्द्धनमार्फत यस सहयोगलाई निरन्तरता दिएको छ।

********
टेक्सेस (TECSES) फिनल्यान्ड र युरोपियन युनियनको सहयोगमा नेपालमा सञ्चालित शिक्षक शिक्षा परियोजना हो। हामी सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षक तालिम र समावेशी पहलमार्फत विद्यालय सुधारका क्षेत्रमा काम गर्छौं।
यदि तपाईं TECSES का कार्यक्रम र गतिविधिबारे नियमित जानकारी पाउन चाहनुहुन्छ भने, कृपया हाम्रो न्युजलेटर सदस्यता लिनुहोस्।
